प्रधानमन्त्री देउवाको आह्वानमा ५ दलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

काठमाडौं, ७ पुष ।  प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछिको अवस्था र देखिएको राजनीतिक किचलो अन्त्यको प्रयास स्वरुप दलहरुले आन्तरिक र बहुपक्षीय बिचको छलफल सुरु भएको छ ।

राष्ट्रियसभाको गठन अघि नै अर्को सरकार गठन गर्न मिल्ने र नमिल्ने विवादमा रहेका वाम गठबन्धनका दल र सत्तारुढ नेपाली कांग्रेसले यसको समाधान खोज्न आन्तरिक र बहुपक्षीय छलफल थालेका हुन् । यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा अहिले ५ दलको बैठक सुरुभएको छ ।

बालुवाटारमा बसिरहेको बैठकमा कांग्रेससहित एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागीता रहेको छ ।

बैठकमा चुनाव पछिको राजनीतिक अवस्था, राष्ट्रियसभाको गठनबारे देखिएको अलमल, लगायतका विषयमा मुख्य छलफल हुनेछ ।

ताजा समाचार