एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडाैं  । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने बुझिएको छ ।

एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो । त्यसैगरी बैठकले विभिन्न स्थानमा पार्टीलाई असहयोग गर्ने नेताहरुलाई कारबाही अघि बढाइने पनि तयारी गरेको समेत बुझिएको छ ।

साथै पार्टीका विभिन्न निकाय गठन र त्यसको मिति तोक्ने विषयमा पनि छलफल हनेछ । बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);