नेपाल बीमक संघ टुक्रिने संकेत : संगठन बनाउँदै जीवन बीमा कम्पनीहरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल बीमक संघ टुक्रिने संकेत : संगठन बनाउँदै जीवन बीमा कम्पनीहरू

bima insurance

काठमाडौं, १२ पुस । बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल बीमक संघ’ टुक्रिने संकेत देखिएको छ । जीवन बीमा कम्पनीहरूले छुट्टै संगठन बनाउने भएपछि बीमक संघ टुक्रिने संकेत देखिएको हो ।

नेपाल बीमक संघमा अहिले निर्जीवन र जीवन दुवै हेर्ने बीमा कम्पनीहरू सदस्य रहेका छन् । दुई किसिमका बीमा कम्पनीहरूको कार्यक्षेत्र फरकफरक भएका कारण विभिन्न समस्या देखिँदै आएको छ । त्यस्ता समस्यालाई दृष्टिगत गर्दै जीवन बीमा कम्पनीहरूले छुट्टै संगठन विस्तार गर्न लागेका हुन् ।

जीवन बीमा कम्पनीहरूले अहिले तदर्थ समिति बनाएर यस विषयमा थप छलफल गर्दै आएका छन् । तर, नेपाल बीमक संघबाट छुट्टिने विषयमा भने अझै निर्णय नभएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले बताए । बीमक संघमा पुराना ९ जीवन बीमा कम्पनीमात्र आबद्ध छन् । संघमा जीवन बीमा कम्पनीको कम सहभागिता भएका कारण पनि उनीहरूको माग ओझेलमा पर्ने गरेको बताइन्छ ।

सूर्या लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीको संख्या बढेकाले छुट्टै संगठन आवश्यक रहेको बताए । अहिले जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ । पाण्डेले भने, ‘जीवन बीमासम्बन्धी मुद्दालाई गहिराइका साथ हेर्न र अध्ययन गर्न पनि छुट्टै संगठन आवश्यक छ ।’ त्यस्तो छुट्टै संगठन भए जीवन बीमा बजारका समस्या समाधान गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);