अष्ट्रेलियामा 'नेपाल भ्रमण वर्ष २०२०' को औपचारिक सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अष्ट्रेलियामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक सुरुवात

bhraman barsa australia

काठमाडौं, २२ पुस । अष्ट्रलियाको सिड्नीस्थित पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा अधिकांश नेपाली तथा केही विदेशीहरु सहभागी थिए ।

उद्घाटन कार्यक्रममा भ्रमण वर्षभरिमा एक लाख अस्ट्रेलियाली पर्यटकलाई नेपाल भित्र्याउने दाबी गरिएको थियो । कार्यक्रममा न्यु साउथ वेल्स राज्य विधानसभाका सभामुख जोनाथन ओडिआ, पूर्व प्रिमियर नाथन रिस, विदेश विभागका अधिकारी पनि सहभागी थिए ।

कार्यक्रममा संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले गत वर्ष ३८ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गरेको जानकारी दिँदै यसवर्ष यो संख्या १ लाख पुर्‍याउने दाबी गर्नुभएको थियो । उहाँले नेपाल सरकारले भ्रमण वर्षको सबै तयारी गरी औपचारिक रुपमै सुरुवात गरेको बताउनुभएको थियो ।

मन्त्री भट्टराईले मंगलबारदेखि विश्वभरि औपचारिक रुपमा भ्रमण वर्ष २०२०को सुरुवात गरिएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी न्यु साउथ वेल्सका सभामुख ओडिआले नेपाल र अस्ट्रेलियाबीच ६० वर्षको कुटनीतिक सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा भ्रमण वर्ष महत्वपूर्ण हुने उल्लेख गर्नुभएको थियो ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);