शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

stock_exchange_nepse

काठमाडौं, २२ पुस । मंगलबार शेयरबजार परिसूचक नेप्सेमा १ अर्ब बढीको कारोबार भएको छ । यो साता लगातार तीन दिन नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदै मंगलबार १ अर्ब बढीको कारोबार भएको हो ।

नेप्से १६दशमलव २३ अंकले बढेर परिसूचक १हजार २सय १६दशमलव ९२ अंकमा पुगेको छ । नेप्से सूचक आइतबार १६ र सोमबार १८ अंकले बढेको थियो । मंगलबार १ सय ७९ कम्पनीका ३८ लाख ८० हजार ९ सय ५० कित्ताशेयर १२ हजार ४ सय ५७ पटकको कारोबारबाट १ अर्व १० करोड २७ लाख ३६ हजार ७ सय ४८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४दशमलव १३ अंकले बढेर २सय ६४दशमलव ८१ अंकमा पुगेर बन्द भएको छ । मंगलबार होटल र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै सूचक उकालो लागेको छ । होटल ८दशमलव ३७ र उत्पादन तथा प्रशोधन समूह २२दशमलव ६६ अंले ओरालो लागेको हो ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंकको १९ करोड ४९ लाख बढीको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी ३दशमलव ९३ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);