पछिल्लो समय चिनी मिलहरुको आलोचना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

पछिल्लो समय चिनी मिलहरुको आलोचना बढ्दै

काठमाडौं, २२ पुस । उखु किसानको पैसा भुक्तानी नगरेको कारण पछिल्लो समय चिनी मिलहरुको आलोचना भइरहेको छ । तर कतिपय चिनी मिलहरु घाटाका कारण भन्दै बन्द पनि भएका छन् ।

वीरगञ्ज चिनी कारखाना बन्द भएको १७ बर्ष भईसकेको छ । तर पर्साका उखु किसानहरुले सो उद्योग पुन सञ्चालनमा आउला र आफुहरुको उखुृ आफ्नो जिल्लाको कारखानामा विक्री गर्न पाइएला भन्ने आशा भने मारेका छैनन् ।

नेपालमा चिनी मिलहरु बढ्नुको साटो घट्ने क्रममा रहेको छ । गत बर्षकै कुरा गर्ने हो भने १३ वटा उद्योगहरु सञ्चालनमा थिए जस मध्ये ३ वटा चिनी उद्योग विभिन्न कारणले बन्द भइसकेका छन् ।

यस्तैमा तत्कालिन सोभियत संघको सहयोमा निर्माण भएको वीरगञ्ज चिनी कारखाना बन्द भएको १७ वर्ष भई सकेको छ । विविध कारणले गर्दा उद्योग बन्द भएका भएपनि पर्साका उखु किसान तथा उद्योगका कर्मचारीहरुले भने उद्योग पुन सञ्चालनमा आउने आशा मारेका छैनन् । वीरगञ्ज चिनी कारखाना सञ्चालनमा आए केही राहत मिल्ने पर्साका उखु किसानहरुको अपेक्षा छ ।

सरकारले चाहेमा वीरगञ्ज चिनी कारखाना सञ्चालन हुने र त्यसका धेरै चुनौती नरहेको त्यहाँ ३० बर्षसम्म काम गरेका कर्मचारीको भनाई छ ।

उद्योग मन्त्रालयबाट बारम्बार निरिक्षणका लागि बिभिन्न टोली आए पनि संचालनका लागि गम्भिर नभएको तत्कालिन वीरगञ्ज चिनी कारखानाका कर्मचारी तथा स्थानीय जयनाथ महतोको आरोप छ ।

पछिल्लो समय उखु किसानहरुको बर्षाैँ देखिको बक्यौता रकम भुक्तानी नगरेको भन्दै चिनी मिलहरुको चर्को आलोचना भईरहेको छ । उखु किसानहरुले समयमै भुक्तानी पाउनु पर्नेमा कसैको दुइ मत हुन सक्दैन ।

ताजा समाचार