उखुको रकम किसानलाई भुक्तानी नगर्ने मिल संचालक अग्रवाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

उखुको रकम किसानलाई भुक्तानी नगर्ने मिल संचालक अग्रवाल पक्राउ

बीरगन्ज, १६ पुष । । लुम्बिनी चिनी उद्योगका संचालक मनोज अग्रवाल पर्साबाट पक्राउ परेका छन् । उनलाई आजनै जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मनजित कुवरले जानकारी दिनु भएको छ ।

उखु किसान ठग्नेविरूद्ध सरकारले कडा कदम स्वरुप गृह मन्त्रालयको निर्देशनअनुसार किसानलाई भुक्तानी नदिने चिनी मिल मालिक पक्राउ गर्न थालिएको हो। उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । सुशीला मनोजकी भाई बुहारी हुन् । अंशबन्डाका क्रममा मिल मनोजको नाममा आएको थियो।

यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको मिल प्रशासनले जनाएको छ। उखु किसानको मात्र १७ करोड भुक्तानी दिन बाँकी रहेको छ।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए ।

१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा आएपछि सरकारसँग ४ बुँदे सहमति भएको थियो। २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);