‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

mero sarkar-rastrapati bhandari

काठमाडौं, २१ बैशाख । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्। दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसाधन खरिदले राष्ट्रिपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ।

दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन्। त्यसको पछिल्लो उदाहरण हो– शुक्रबार संघीय संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रम। विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम पेस गरिन्। तर, उनले मुलुकमा राजतन्त्र भएका बेला राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरिन्। दुई सय १८ बुँदे सरकारको नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनले राजाले जस्तै पटकपटक ‘मेरो सरकार’ पदावली प्रयोग गरिन्।

सार्वभौमसत्ता जनतामा निहित रहेका बेला राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने पदावली दर्जनौंपटक उच्चारण गरेपछि चौतर्फी विरोध भएको छ। यो पदावलीलाई लिएर समाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ट्विट गर्दै प्रश्न उठाएका छन्, ‘म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा भैरहेको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आऊँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्– हराएको ‘मेरो सरकार’ आज सम्बोधनमा भेटियो तर गुमाएको विश्वास गाँस्नेगरी भरपर्दो इच्छाशक्ति र पत्यारिलो संकल्पसाथ भेटिएन कि अघिल्लो वर्ष झै ‘मौन समर्थन’ गर्न सकिने सम्भावना पनि भेटिएन।‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’, उनले लेखेका छन््, ‘दसैंको टीका प्रकरण अनि आज (शुक्रबार) को ‘मेरो सरकार’ सामान्य त्रुटि बिल्कुलै होइन !’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);