संविधान संशोधन नगरे कडा आन्दोलनमा जाने राजपाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

संविधान संशोधन नगरे कडा आन्दोलनमा जाने राजपाको चेतावनी

काठमाडौं, १० जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृशेषचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सैह्य नहुने बताए । सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको बताए ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरे । सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोप लगाइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);