सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षाहिन र कर्मकाण्डी मात्र नभएको दाबी प्रधानमन्त्री ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षाहिन र कर्मकाण्डी मात्र नभएको दाबी प्रधानमन्त्री ओलीको दाबी

President meets Nepal PM

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षाहिन र कर्मकाण्डी मात्र नभएको दाबी गरेका छन् ।

सरकारकारको तर्फबाट जेठ ७ गते विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेका नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमले तीव्र विकास र समृद्धिको महत्वकांक्षा बोकेको दाबी गरे । नीति तथा कार्यक्रममा असम्भव कुरा नभइ सम्पूर्ण नेपालीको समृद्धि र विकास प्रतिको आकांक्षलाई समेटेको स्पष्ट पारे ।

उनले नीति तथा कार्यक्रम समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य प्राप्तिमा केन्द्रित भएको दाबी गरे । उनले तीन वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चल्ने र नेपालको पानी जहाज पनि चल्ने बताए । रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको उनको भनाइ छ ।

काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं–केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने, दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासोसमेत गरे । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्नेबाहेक कसैले आलोचना नगरेको दाबी गरे ।

उनले अब भारतले सिमानामा बाटोका नाममा बाँध बाँधेर डुवानमा नपार्ने दाबीसमेत गरे । उनले छिमेकी मुलुकसँग कुनै कार्ड नखेल्ने र लादिएका कुरा पनि स्वीकार्यपनि नहुने स्पष्ट पारे । मधेसकेन्द्रित दलले संविधान संशोधनको माग गरेकोमा उनले संविधान आवश्यकताको आधारमा संशोधन हुनसक्ने पुरानै अडान दोहो¥याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);