ओलीले पाँच बर्ष शासन गर्ने भनेर कहाँ लेख्या छ ? उनी भ्रष्टाचारीको घेराबन्दीमा परे : अग्नि सापकोटा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

ओलीले पाँच बर्ष शासन गर्ने भनेर कहाँ लेख्या छ ? उनी भ्रष्टाचारीको घेराबन्दीमा परे : अग्नि सापकोटा (भिडियोसहित)

kharo prashna with agni sapkota-

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी एकताको प्रक्रियालाई तिब्रताका साथ पूरा गर्ने क्रममा रहेको छ । यहि क्रममा एउटा सभा भयो र त्यो सभामा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु र स्वयम नेकपाका अध्यक्ष प्रचण्ड रहेको मंचमा एउटा सैद्धान्तिक बिमति जस्तो देखिएको छ । सैद्धान्तिक सहमति नभए पार्टी तासको घर जस्तो हुन्छ भनेर एकजना वरिष्ठ नेताले अभिव्यक्ति दिइसकेपछि यो विषय सतहमा आएको छ । साचिकै नेकपामा सैद्धान्तिक प्रस्टता नभएको हो त भन्ने प्रश्न उठेको छ । त्यही पार्टीका केहि नेताहरुले सरकारले गरिब जनतालाई हेर्ने हो र उनीहरुको चाहना अनुसार चल्नुपर्छ भनेर सुझाव पनि दिएका छन् । सरकार चलाईको दृष्टिले कस्तो छ ? भ्रष्टाचारको सवालमा सरकार कति खरो उत्रिन सकेको छ ? नेकपामा सैद्धान्तिक विभाजन देखिन थालेको हो ? प्रचण्ड वारम्वार किन सुकुटे जान्छन ? ओली सरकार कमजोर भएकै हो त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता अग्नि सापकोटासंग गरेको कुराकानी हेर्नुहोस् :