देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि प्रधानमन्त्री बन्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि प्रधानमन्त्री बन्छु : प्रचण्ड

DAHAL

विराटनगर, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।

शनिबार विराटनगरमा संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष दाहालले देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताउनुभएको हो । उहाँले दुइपार्टीबीच एकताको बेला भएको सहमतीलाई इमान्दारिताका साथ कार्यान्वयन गर्दै लैजाने पनि उल्लेख गर्नुभयो ।

दाहालले पार्टी एकताका बेला आलोपालो सरकार चलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा आफ्नो पद ४-५ दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतिकात्मक भएको उल्लेख गर्नुभयो । उहाँले पार्टी एकताका बेलामा ओली र आफुबीच भएको सहमतिको कुरा स्मरण मात्रै गरेको तर बाहिर हल्ला गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भारतको पूर्व विदेश सचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा दुई देशबीचको सम्बन्धमा कुनै तात्विक अन्तर नहुने पनि उल्लेख गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);