मेराे परिभाषा भित्र राजनीतिमा बेइमान भन्ने छैन : अाेली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेराे परिभाषा भित्र राजनीतिमा बेइमान भन्ने छैन : अाेली

काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिभाषा भित्र राजनीतिमा बेइमान भन्ने शब्दावली नभएकाे स्पष्ट पारेका छन् ।  अबका दिनमा इमानका साथ काम गर्ने ओलीले अठोट गरे ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा शनिवार ललितपुरस्थित भट्टराई आश्रममा आयोजित कार्यक्रममा बोल्दै ओलीले जीवन रहेसम्म पूर्ण इमानका साथ काम गर्ने बताएका छन् ।

कांग्रेस नेताहरुले आफूलाई अहंकार देखाएको आरोप लगाएको भन्दै ओलीले भने, ‘गाउँमा गाई–भैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र रवाफ छैन ।’ ओलीले आफूमा  कुनै पनि दम्भ नभएको बताए । ‘मैले कतै दम्भ देखाउनु पनि छैन । न त दम्भ देखाउने कुलघरानाको नै हुँ,’ ओलीले भने ।

अध्यक्ष ओलीले हरेक व्यक्तिको आयु सिमित हुने भएकाले आफूले त्यसमा चिन्ता कहिल्यै नगर्ने बताए । अध्यक्ष ओलीले ज्ञान, क्षमता, योग्यताको सिमा हुने भएकाले त्यसमा कसैले पनि चिन्ता गरिरहन नपर्ने उल्लेख गरे ।

उनले भट्टराईलाई आफ्नो समयको मुलुक हाँक्ने महारथीको रुपमा चित्रण गरे । प्रधानमन्त्री बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले भट्टराईको सपना र मुलुक बनाउने अठोटलाई पूरा गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);