शितल निवासमा जारी शीर्ष तीन दलको बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको प्रमुख तीन दलको बैठक सम्पन्न भएको छ। शनिवार भएको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेताहरुको सहभागि रहेको थियो।

 

शितलनिवास स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारीले संविधान संशोधनजस्तो विषयमा संसद विभाजित गर्न नुहने समेत सुझाव दिएकी छिन्। त्यस्तै राष्ट्रपति भण्डारीले बाढी पीडितहरुको लागि राहत दिनेमात्रै काम नगरेर अब उचित बस्ती विकास बसाल्नतिर सरकारले विशेष ध्यान दिनुपर्ने सुझाएकी छिन्। उनले नदिनाला र बाँध लगायत समस्याहरुको दिगो समाधान खोज्न दलका नेताहरुलाई आग्रह गरेकी हुन्।

 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावलाई आफूहरुले कुनैपनि हालतमा नरोक्ने तर प्रस्ताव पारित हुन नदिने स्प्ष्ट पारेका थिए। देशलाई संकट परेका बेला सरकार र प्रतिपक्ष दुवै मिलेर काम गर्नुपर्ने भन्दै प्रचण्डले विनाशकारी भूकम्पको बेलामा आफुहरु प्रमुख प्रतिपक्षमा भएर पनि सरकारलाई सघाएको स्मरण गराएका थिए।