प्रदेश राजधानीको बहस र चर्चाले मुलुक तात्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश राजधानीको बहस र चर्चाले मुलुक तात्यो

काठमाडौं, ८ पुस । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै यतिबेला प्रदेश राजधानीको बहस र चर्चाले मुलुक तातेको छ ।

नेताहरुले नै निर्वाचनताका प्रदेश राजधानी बनाउने आश्वासन बाँड्दै भोट मागेका कारण जनअपेक्षा बढ्नु स्वाभाविक पनि हो । तर, जनता आफैंले अनुकूल ठाउँमा प्रदेश राजधानी हुनुपर्ने बताइरहँदा नेताहरु भने आफ्नै जिल्लालाई राजधानी बनाउने अड्डी कसिरहेका छन् ।

केही दिनअघिमात्र नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी नबनाए आन्दोलन गर्ने चेतावनी दिए । उता नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी बुटबल होइन दाङ बनाउनुपर्छ भन्दै जनता उकासि रहेका छन् ।

नेकपा एमाले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह पनि बझाङकै बित्थडमा राजधानी बनाउन आफू लागिपरेको बताए ।

नेता अविवेकी बनिरहँदा जनता भने आफ्नो जिल्ला भन्दा पनि प्रदेश भरिका बासिन्दाका लागि अनुकूल जिल्ला राजधानी हुनुपर्ने बताउँछन् । बझाङबासीहरू डोटीको दिपायल राजधानी हुनुपर्ने बताउँछन् भने कञ्चनपुरबासी कैलालीको अत्तरिया सिफारिस गर्छन् ।

नेताहरुले सोचविचार नगरी बोल्दा जनता भ्रमित हुनु र उनीहरुमा आफ्नै गाउँठाउँमा राजधानी भइदेओस् भन्ने चाहना बढ्नु स्वाभाविक हुन्छ ।

केन्द्रीय नेताको बहकाउमा लागेर स्थानीय नेताहरुकै सक्रियतामा नुवाकोट, धनगढी, डडेल्धुरालगायतका जिल्लामा प्रदेश राजधानीको माग गर्दै संघर्ष समितिसमेत गठन गरिएका छन् । नेताहरु आवेगी र अविवेकी बनिरहँदा जनताले देखाएको संयमता र धैर्य भने प्रसंशनीय छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);