प्रदेश नम्बर–७ को सभाले नाम र राजधानीका विषयमा आज निर्णय गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नम्बर–७ को सभाले नाम र राजधानीका विषयमा आज निर्णय गर्ने

pradesh no 7

काठमाडौं, १२ असोज । प्रदेश नम्बर–७ को सभाले नाम र राजधानीका विषयमा आज निर्णय गर्ने भएको छ ।  प्रदेशसभाको विहान ११ः३०मा डाकिएको बैठकमा प्रदेश राजधानी तथा नाम प्रस्ताव समितिले ल्याएको प्रस्ताव अनुरुप निर्णय गर्ने सत्तारुढ नेकपाको तयारी छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले भने डोटीको दिपायल वा अहिले कायम रहेको धनगढी मध्ये एक ठाउँ राख्नुपर्ने अडान राख्दै आएको छ । सत्तारुढ दलका सांसद तारा लामाको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम सुदुरपश्चिम र स्थायी राजधानी कैलालीकै गोदावरी राख्न प्रस्ताव गरेको थियो ।

समितिको प्रस्तावसँगै धनगढीमा आन्दोलन सुरु भएको थियो भने डोटी सदरमुकाम दिपायलमा पनि आन्दोलन जारी छ । बिहिबार देखि धनगढी बन्द छ भने जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा संघर्षसमिति गठन गरि आज देखि दिपायल पनि अनिश्चित कालिन बन्द आह्वान गरिउको छ ।

सुदुरुपश्चिमका नौं मध्ये सात पहाडी जिल्लाले दिपायल राजधानी राख्नुपर्ने माग गरिरहेका छन् भने कैलाली र कञ्चानपुरले मात्र तराइबाट नजिकको स्थानमा राजधानी राख्न माग गर्दै आएका छन् । अहिले राजधानी प्रस्ताव गरिएको गोदावरी जंगल भएकाले त्यसका विषयमा अनेक प्रश्न उठिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);