‘बिमस्टेक तयारी’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

‘बिमस्टेक तयारी’

bimistiec

काठमाडौं, ५ माघ । परराष्ट्र मन्त्रालयले नयाँ सरकार बनेलगत्तै बहुक्षेत्रीय प्रविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारी गर्ने जनाएको छ । भारतको राइसेना डाइलग–२०१८ को सिरिज कार्यक्रममा सहभागी परराष्ट्र सचिव शंकरदास बैरागीले उक्त कुरा बताएका हुन् ।

बे अफ बंगालको समुदाय र सञ्जालबारे नेपालले धारणा राख्ने क्रममा बैरागीले यस्तो धारणा व्यक्त गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । बैरागीले बिमस्टेक अध्यक्ष रहेको नेपालले यसको प्रभावकारिताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत दाबी कार्यक्रममा गरेका थिए ।

नेपालले गत साउनमा मन्त्रीस्तरीय बैठक भने गरेको थियो । नेपालले यसअघि सन् २०१७ को अन्त्यमा नै बिमस्टेक सम्मेलन जनाए पनि हुन सकेको थिएन।आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);