प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीच विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीच विवाद

PM-Nibas-Baluwatar

काठमाडौं, ३ माघ । प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकारका मन्त्रीबीच नै विवाद भएको छ । बुधबार विहान बसेको मन्त्री परिषद बैठकमा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीच नै चर्को विवाद भएको हो ।

बैठकमा प्रदेश प्रमुख र त्यसको अस्थायी राजधानी राजधानी तोक्ने दुई मुख्य एजेन्डा तय गरिएको थियो । तर प्रदेशको राजधानी तोक्ने विषयले प्रवेश पाउने वित्तिकै मन्त्रीहरुबीच विवाद भएको थियो ।

खासगरी प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटामै तोक्नुपर्ने अडान उद्योगमन्त्री सुनिलबहादुर थापाले लिएपछि अन्य मन्त्रीहरुले पनि आ आफ्नै अनुकूलको ठाउँमा प्रदेशको अस्थायी राजधानी हुनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

मन्त्रीहरुबीच विवाद भएपछि अपरान्ह ३ बजेसम्मका लागि मन्त्रीपरिषद बैठक स्थगित गरिएको छ । सबैको सहमतिमै प्रदेशको अस्थायी राजधानी तोक्ने गरी अपरान्ह ३ बजेसम्म मन्त्रीपरिषद बैठक स्थगित गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकमा प्रदेश प्रमुख नियुक्तिको विषयमा भने मन्त्रीहरुबीच विवाद नभएको बुझिएको छ । प्रदेश प्रमुख नियुक्तीमा ढिलाई हुँदा राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने देखिएपछि सरकार प्रदेश प्रमुख तोक्न पनि तयार भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);