संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित ५ जनाको मृत्यु

accident-f25

संखुवासभा, ३० पुष । संखुवासभाको मकालु–३ समाटारमा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको हो ।

बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालसहित ५ जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कटवाल नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);