प्रदेश प्रमुखसमक्ष प्रदेश सभाको निर्वाचन परिणाम पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले सातवटै प्रदेशबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका कुल ५५० जना प्रदेश सभा सदस्यहरूको निर्वाचनको विवरण आज सम्बन्धित प्रदेश प्रमुखहरूसमक्ष अलग–अलगरूपमा पेश गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २२० गरी जम्मा ५५० जना प्रदेश सभा सदस्यहरू हुने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (८) र दफा ६२ मा आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने व्यवस्था भएबमोजिम आयोगले आजै निर्वाचन परिणाम सम्बन्धित प्रदेश प्रमुखहरूसमक्ष पेश गरेको अायाेगका प्रवक्ता  नवराज ढकालले बताए ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मंसिर २७ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको निर्वाचन परिणाम माघ ३ गते आयोगले सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);