श्रीमान वडा अध्यक्ष, श्रीमती उपमेयरको उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

श्रीमान वडा अध्यक्ष, श्रीमती उपमेयरको उम्मेदवार

मेगराज खड्का २२ बैशाख रुकुम ।
राजनीतिको क्षेत्रमा पुरुष कुनै पार्टीको ठुलै नेता भएपनि उनीहरुका श्रीमतिहरु राजनीतिको सामान्य सिद्धान्त समेत नबुझ्नेहरु पनि धेरै छ । महिलाहरू पुरुषको दाँजोमा जान सक्दैनन भन्ने गाउँघरमा झनै पनि गलत सोचाई पनि ब्याप्त छ ।

श्रीमान वडा अध्यक्ष

मेगराज खड्का २२ बैशाख रुकुम ।

राजनीतिको क्षेत्रमा पुरुष कुनै पार्टीको ठुलै नेता भएपनि उनीहरुका श्रीमतिहरु राजनीतिको सामान्य सिद्धान्त समेत नबुझ्नेहरु पनि धेरै छ । महिलाहरू पुरुषको दाँजोमा जान सक्दैनन भन्ने गाउँघरमा झनै पनि गलत सोचाई पनि ब्याप्त छ । तर, आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमको एक स्थानीय तहको भने एक रोचक उम्मेदवारी भएको छ ।

 

स्थानीय चुनावका लागि श्रीमानभन्दा श्रीमती ठूलो पदमा उम्मेदवार बनेकी छन् । प्रेमकुमारी सुनार केसी मुसिकोट नगरपालिकाको उपप्रमुखको उम्मेदवार भनेकी छिन भने उनका श्रीमान गोप्यश्वर केसी उक्त नगरपालिकाकै वडा नं. १० को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । श्रीमान श्रीमति दुबैले नेकपा माओवादी केन्द्रकै तर्फबाट उम्मेदवारमा मनोनयन दर्ता गरेका हुन । आफुहरु श्रीमान श्रीमति भएपनि पार्टीले आवश्यकता ठानेर उम्मेदवार बनाएका कारण चनाबी मैदानमा उत्रिएको उनीहरुको भनाई रहेको छ ।

 

दुबै जना नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन । श्रीमति नगरपालिकाकै उपमेयर उम्मेदवार भएका कारण नगरपालिका भरीकै गाउँगाउँ चुनाबी अभियान लिएर दौडधुप गरिरहेकी छिन भने श्रीमान भने वडामा केन्द्रित भएर मतदाताको घरघरमा भोट माग्ने गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);