राजनीतिक मतभेदलाई थाति राखेर निर्वाचनमा सहभागि बन्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजनीतिक मतभेदलाई थाति राखेर निर्वाचनमा सहभागि बन्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान

राजनीतिक मतभेदलाई थाति राखेर निर्वाचनमा सहभागि बन्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान, संविधान संशोधन विधेयक अघि बढाइने जानकारी

राजनीतिक मतभेदलाई थाति राखेर निर्वाचनमा सहभागि बन्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेदलाई थाति राखेर निर्वाचनमा सहभागि बन्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्री दाहालले सहमति, सहकार्य र एकताबाटै संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनको चरण सुरु भैसकेको र आवधिक निर्वाचनले मात्र लोकतन्त्र सुन्दर र संस्थागत हुने भएकाले निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

 

प्रधानमन्त्री दाहालले केही तत्वहरुले निर्वाचन नहोस् भन्ने चाहना राखेको तर, सरकारले जसरी पनि निर्वाचन गराएरै छाड्ने बताउनुभयो । उहाँले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउन संविधान संशोधन पनि अघि बढाइने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पत्रकारहरुलाई पेशा प्रति मर्यादित बन्न आग्रह समेत गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गर्ने सरकारको महाअभियानमा पत्रकारहरुले सकारात्मक सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सञ्चारकर्मी किशोर श्रेष्ठ लगायतले सञ्चार क्षेत्रको महत्वबारे बोल्दै सञ्चार क्षेत्रको गुणात्मक विकासका लागि राज्यले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);