कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिद्वरा पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिद्वरा पारित

९ फागुन, काठमाडौं । कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिले संसोधन सहित पारित गरेको छ ।

कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिद्वरा पारित

९ फागुन, काठमाडौं । कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिले संसोधन सहित पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग समितिले विधेयक संसोधन सहित पारित गरेको हो । समितिमा कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि एक महिनाभन्दा लामो समय छलफल भएको थियो । त्यस्तै समितिले विधेयक अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

कम्पनी ऐनमा व्यवस्था भए बमोजिम बुझाउनुपर्ने विवरण र ठूलो जरिवाना रकम समेत बुझाउन नसकि कम्पनी खारेज गर्न नसकेका उद्योगी तथा व्यवसायीलाई सहज रुपमा कम्पनी खारेज गर्न सक्ने व्यवस्था प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विधेयक संसदको अर्को बैठकमा पेश गर्ने निर्णय पनि भएको समिति सभापति भिष्मराज आङ्दाङ्वेले जानकारी दिनुभयो ।

सरकारले पनि कम्पनी प्रशासनलाई चुस्तदुरुस्त बनाउन पनि कम्पनी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);