उपनिर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

उपनिर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा

mahottari surakshya kada

काठमाडौं, १३ मंसिर । शनिबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा गरिएको छ । जिल्लाका विभिन्न स्थानहरु र नाकामा चेकजाँचलाई कडा पारिनुका साथै विवाहपञ्चमीमा सहभागी हुन आउने भारतीय तीर्थ यात्रुहरुको संख्या उल्लेख्य भएकोले समेत सुरक्षा व्यवस्थामा थप कडाइ गरएको हो ।

शनिबार हुन गइरहेको उपनिर्वाचनलाई शान्त, व्यवस्थित र सफल रुपमा सम्पन्न गर्न महोत्तरीमा सुरक्षा व्यवस्था कडा गरिएको छ । उपनिर्बाचनको सुरक्षालाई मध्यनगर गर्दै विभिन्न स्थानहरुमा चेकजाँचले सक्रियता पाएको हो । भारतको बिहार राज्यसँग सीमा जोडिएको हुनाले महोत्तरीको सीमा नाकाहरुमा सुरक्षाकर्मी सहितको गस्ती टोलीले कडाईका साथ चेक जाँच गरीरहेका छन् ।

निर्वाचनका लागि आवश्यक निजामति कर्मचारीदेखि सुरक्षाकर्मीहरुलाई पनि मतदान स्थलमा खटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनु भयो ।

यो समयमा उपनिर्वाचनको भोलीपल्ट आइतबार परेको विवाहपञ्चमीमा सहभागी हुन आउने भारतीय तीर्थालुहरुको घुँइचोले गर्दा सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।
mahottari surakshya kada1
सुरक्षाको मध्यनजर गर्दै शनिबार हुने उपनिर्बाचनका दिन जनकपुरमा हुन गईरहेको विवाह पञ्चमी मेला भर्न भित्रिने तिर्थयात्रीहरुको गाडीहरुलाई भन्सार नाकादेखि जनकपुरधामसम्म बिचमा कतै नरोक्ने गरी संचालन गर्न दिने निर्णय गरिएको छ । महोत्तरीमा पिपडा गाँउपालिकाका अध्यक्ष र मटिहानी एबं बलबा नगरपालिकाका ३ वडाका वडाध्यक्ष पदका लागि उपनिर्बाचन हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);