पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्टबाट हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्टबाट हटाइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । एमाले वरिष्ठ नेता खनाललाई आज देखि अक्सिजन सपोर्टबाट हटाइएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि खनाललाई असार २ गते थप उपचारका लागि भारतको राजधानी दिल्ली लगिएको थियो ।

यो पनि पढ्नुहोस

एमाले नेता खनालको दिल्लीस्थित एपोल अस्पतालमा भर्ना आजैं उपचार सुरु
एमाले नेता खनालको चिन्ता : राजनीतिक धुर्विकरणका कारण दलहरु विभाजित भए
नेता खनालको थप उपचार लागि आज दिल्ली लगिँदै

खनालको अहिले दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइराखेको छ । पूर्वप्रधानमन्त्री खनालको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका छन् । फोक्सोमा पानी जमेपछि श्वासप्रश्वासमा समस्या हुँदा उहाँलाई चिकित्सकहरुको सुझाव अनुसार भारतको दिल्ली लगिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);