एमाले नेता खनालको दिल्लीस्थित एपोल अस्पतालमा भर्ना आजैं उपचार सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमाले नेता खनालको दिल्लीस्थित एपोल अस्पतालमा भर्ना आजैं उपचार सुरु

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आजै खनालको एपोलो अस्पतालमा भर्ना गरी उपचार शुरु भएको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट सुरु भएको छ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार नर्भिक अस्पताल भर्ना भएका उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा हेमोग्लोबिनको पनि कमी देखिएपछि थप उपचारका लागि उनलाई बुधबार दिउँसो भारत लगिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);