कांग्रेस नेता खुमबहादुर खड्काको उपचारका क्रममा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कांग्रेस नेता खुमबहादुर खड्काको उपचारका क्रममा निधन

khumbahadur khadka

काठमाडौं, १५ चैत । कांग्रेस नेता खुमबहादुर खड्काको  निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत  नेता खड्काको आज साँझ निधन भएको कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटर मार्फत जानकारी गराएका छन् ।

खड्काको उपचारको क्रममा शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा मृत्यु भएको  प्रवक्ता  शर्माले बताए । उनलार्इ मिर्गौला, छाती र नशाको समस्या थियो । उनलाई काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालले भारतको एपोलो अस्पताल रिफर गरेको थियो ।

आर्इसियूमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विगत केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रवक्ता शर्माले खड्काको पार्थिव शरिर नेपाल ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए । खड्काको स्वास्थ्य अवस्था जटिल भएपछि केहि दिन अघि कांग्रेसको एक टोली स्वास्थ्य अवस्था बुझ्न दिल्ली पुगेको थियो ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । देउवाले शोक सन्देश जारी गर्दै खड्काको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);