नेपाल विश्वकै ‘फिल्म हर्व’ बन्ने सक्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल विश्वकै ‘फिल्म हर्व’ बन्ने सक्छ : प्रधानमन्त्री

काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्वकै ‘फिल्म हर्व’ बन्ने सक्ने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय फिल्म उद्योगसँग नेपालमा फिल्म उद्योगको विराट सम्भावनाबारे बृहत छलफल गर्ने घोषणा गरेका छन् । उनले नेपाली फिल्म उद्योगको विकासका लागि सरकारले भारतीय उद्योगसँग वृहत छलफल गर्न चाहेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघ ‘फान’को ‘फान अवार्ड’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यही चैत्र २३ गते हुने आफ्नो भारत भ्रमणमा नेपाली सिने क्षेत्रका स्थापित कलाकारलाई पनि सहभागी गराउने घोषणा गरे ।

उनले भारत भ्रमणका क्रममा आफूले नेपाल फिल्म निर्माणको हर्व बन्न सक्नेकुरा भारतीय कलाकारहरुलाई जानकारी दिने योजना पनि अघि सारे ।

प्रधानमन्त्री ओलीले फिल्म निर्माणका लागि नेपाल जत्तिको सुन्दर मुलुक अन्त कहीँ नभएको दावी गरेका छन् । उनले नेपाल कला क्षेत्रका लागि प्रकृतिको अनुपम उपहार भएको तर्क गर्दै त्यसमा नरमाउने कलाकार कोही पनि हुन नसक्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);