विपक्षी गठबन्धनको बहिस्कार पछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विपक्षी गठबन्धनको बहिस्कार पछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशमा आइतबार बसेको प्रदेश सभा बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । विपक्षी गठबन्धनका प्रदेस सांसदहरुले प्रदेश सभा बैठक बहिस्कार गरेपछि बैठक केही बेरका लागि स्थगित भएको छ । उनीहरुले अल्पमतमा परेको सरकारले ल्याएको बजेटसम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेको बताइएको छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । आज बैठक सुरु भए लगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न गरेका थिए ।

त्यसपछि कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरु बैठकबाट बाहिरिएका थिए । विपक्षी सांसदहरु बाहिरिएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);