राहत र उद्धार कार्यमा जुट्न नेता-कार्यकर्तालाई अध्यक्ष दाहालकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राहत र उद्धार कार्यमा जुट्न नेता-कार्यकर्तालाई अध्यक्ष दाहालकाे निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी महाविपत्तिमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गर्दै हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको ठूलो क्षति भएको आरोप लगाएका छन् ।

साथै अध्यक्ष दाहालले राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष दाहालले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);