महान्यायाधिवक्ता कार्यालयका उपसचिवले संसद् सचिवालयका ड्राइभर कुटेपछि कर्मचारी बोक्ने गाडी बन्द  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महान्यायाधिवक्ता कार्यालयका उपसचिवले संसद् सचिवालयका ड्राइभर कुटेपछि कर्मचारी बोक्ने गाडी बन्द 

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद् सचिवालयका ड्राइभर हरिराम रुपाखेतीलाई कुटेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रिपाखेतीमाथि हातपात गरेका हुन् ।

संसद सचिवालयका सवारी ब्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले ड्राइभरले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ।पीडित ड्राइभर रुपाखेती भन्छन्, ‘उहाँ कहाँबाट चढ्नु भो थाहा भएन । यहाँ (सिंहदरबार गेट) आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहुँ खोजे । त्यतिबेला गाडीमा ३–४ जना हुनुहुन्थ्यो । बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछ गइहाल्नुस भनेर उहाँ (उपसचिव) लाई भगाइदिए । प्रहरीले पनि देखे, केही गरेनन् । के भो भन्दै ? मलाई नै सोधे । हामी साना मान्छेलाई यस्तै हुँदो रहेछ ।’ ड्राइभर रुपाखेती संसद सचिवालयमा १० वर्षदेखि कार्यरत छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका ड्राइभरलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठलेले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।‘बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेला ड्राइभरलाई थप्पड हानेर हिँडेछन्,’ प्रवक्ता पाण्डेले भने, ‘अब थप्पड हान्ने उपसचिवविरुद्ध प्रक्रियामा जान्छौं । प्रहरी उजुरी दिने तयारी गर्दैछौँ ।’

ड्राइभर रुपाखेतीले ती उपसचिव श्रेष्ठले आफूलाई धम्की दिएको भनी गाडी चलाउन छाडेका छन् । ‘गाडी लिएर आइस भने सल्लाघारीमा मान्छे लाएर पिटाउँछु भनेका छन्, कसरी गाडी चलाउनू ?’ ड्राइभर रुपाखेतीले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);