सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

samsadh office

काठमाडौं, २ पुस । राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् ।

संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

अरु माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ, सचिवालयका एक कर्मचारीले भने ।

सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसद्को सुचीमा नाम आएपछि चिन्तित् भएको बताएका छन् ।

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आफुले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चार्यमा परेको उनले उल्लेख गरेका छन् ।

महासचिवलाई लेखेको पत्रमा भनिएको छ, मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);