नेपाल 'स्वास्थ्य विज्ञान'को प्रारम्भ भूमि : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

नेपाल ‘स्वास्थ्य विज्ञान’को प्रारम्भ भूमि : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको सुरुवातको भूमि भएको बताउनुभएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको भन्दै स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताउनुभयो । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको उहाँकाे भनाइ छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छाैँ। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्, दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन् ।’

प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार