स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिकरण नगर्न प्रम ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिकरण नगर्न प्रम ओलीको आग्रह

kp oli

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरासायी भएको उल्लेख गर्दैै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिए ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने बताए ।

शिक्षण संस्थाहरुलाई जनताको साझा संस्थाको रुपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवा लगायतको काममा पनि पारदर्शीताको आवश्यक्ता आैंल्याए । उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा लगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन दिए ।

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);