तराई मधेसमा मौलाएको राजनीति/घुम्टो भित्र हुर्किएको अपराधिक गतिविधि | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तराई मधेसमा मौलाएको राजनीति/घुम्टो भित्र हुर्किएको अपराधिक गतिविधि

काठमाडाैं, १४ भदाै । संविधानले संघीयतालाई स्वीकारेसँगै मौलाएको स्थानीय स्वायत्त राजनीतिले तराई मधेस क्षेत्रमा विकृत रुप देखाइ रहेको छ । मधेसको विकासको लागि भन्दै उठान गरिएको संघीयताको नाराले स्थानीयदेखि केन्द्रसम्म जनताको पहुँच त बढायो, तर संघीताको आवरण भित्र घुसेको विकासको मोडल नै विकृत बन्दै जांदा स्थानीय जनता भने झन बढी पीडित र स्थानीय ठूला ठालुको अगाडि बोल्नै नसक्ने अवस्थामा पुग्यो । त्यसो त संघीयता मधेसमा मात्र छैन । पहाडमा पनि छ ।

पहाडिया राजनीतिमा संघीयताको आवरण भित्र राजनीतिलाई लुकाउन सजिलो छैन । तर मधेसमा राजनीतिक आवरणमा अपराधिक गतिविधिलाई मनग्य प्रोत्साहित देखिएको छ । तराइ मधेसका राजनीतिक हस्तीहरु स्वर्गीय गजेन्द्र नारायण सिंह, रामराजाप्रसाद सिंहहरुले सुरु गरेको राजनीतिक अभियानको विरासतकै आवरणमा अहिले पनि त्यहाँको राजनीति स्थापित छ ।

सामान्य गैरसरकारी संस्थाको रुपमा गठित फोरम देशकै ठूलो पद उपप्रधानमन्त्री समेत पाउन सफल भयो । प्रायः सबै स्थानीय निकायहरु सहित, प्रदेश समेत कब्जा गरिसक्दा पनि जुन नाराले यत्रो राजनीतिक वातावरण बनायो, त्यो नाराको कार्यान्वयन पक्ष हेर्ने हो भने, निराशा बाहेक केही पनि पाउन सकिंदैन । व्याप्त गरिबी, अशिक्षा, नांगो शरीर, झुपडीको बास, बोल्दा केही होला भन्ने त्रास अनि ठूला ठालुलाई हेर्दै गरिने आश, तराई मधेसको मौलिकता बनिरहेको छ । पहाडि क्षेत्रमा राजनीतिक नारा बनाइएको ‘फुसको घर हटाउ अभियान’ ‘खुला दिसामुक्त क्षेत्र बनाउने अभियान’ तराईमा लागू भएको छैन ।

एउटै देशको उस्तै राजनीतिक संयन्त्रबाट संचालित विकास अभियान तराईमा प्रभावी नहुनुमा राजनीतिक आवरण भित्र मौलाएको ठेकेदारी गुण्डागर्दी संस्कार नै मुख्य कारण देखिएको छ । कति बजेट ? के कामको लागि बजेट ? सोध्न नमिल्ने, समाचार सम्प्रेषण हुन नमिल्ने, जे गरे पनि सहनु पर्ने, उकुसमुकुसयुक्त विचित्रको आदिम संस्कार तराई मधेसमा देख्न पाइन्छ । अहिलेसम्म खासै विकृति विसंगति र भ्रष्टाचारको समाचार नबन्ने तराई मधेस क्षेत्रमा माउण्टेन टेलिभिजनले केही विषयहरु उजागर गर्यो । तराई क्षेत्रको एक दुई नमूना ठाउँलाई आधार बनाएर सुरु गरिएको खोजपूर्ण समाचारले सप्तरी जिल्ला बढी नै प्रभावित देखियो । त्यहाँका रिपोर्टर समाचार सम्प्रेषण गरेकै कारण जेल बसे ।

ठूलै अपराधी जस्तै गरी स्थानीय ठेकेदार, राजनीति गर्ने मान्छेहरुदेखि लिएर सत्तामा हालिमुहाली गरी आपूmलाई मधेसी मसिहा ठान्ने समेतको राजनीतिक चक्रब्यूहले अहिले पनि उनलाई असुरक्षित बनाइ हरेको छ । मधेसको समाचार सम्प्रेषण गर्नुपूर्व पत्रकार महासंघको आवरण भित्रका ठेकेदार पत्रकारहरुको सर्कुलर अनुसार उनीहरुलाई देखाएर मात्र समाचार सम्प्रेषण गर्नुपर्नेमा त्यसो नगरेकै कारण सप्तरी स्थित माउण्टेन टेलिभिजनका संवाददाता उनीहरुको पनि शत्रु जस्तै बनेका छन् ।

एक पत्रकारलाई हटाएर मधेस क्षेत्रको वास्तविकता बाहिर ल्याउनबाट रोक्ने प्रयास धेरै नै भइरहेको छ । तर वास्तविकता के देखिएको छ भने आज मधेसका टोलटोलबाट पत्रकारिता गर्न रुचाउने र विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध समाचार लेखाउन रुचाउने पत्रकारहरु प्रत्येक दिन जस्तै माउण्टेन टेलिभिजनसँग जोडिरहेको अवस्था छ । केही समयमा नै जागरुक पत्रकारहरुको एकाकार आवाजले ठेकेदार पत्रकारहरुलाई राम्रै जवाफ दिन सक्ने देखिएको छ ।

देशमा गणतन्त्र आएको छ । गणतान्त्रिक संविधान कार्यान्वयनमा छ । तर पिर्के सलामी सहितका पूराना राणा शासनलाई समेत माथ गर्ने प्रकारका विहारी शासन लाद्ने कोशिस गरिएको छ । अबको २१ औं शताव्दीको शासन व्यवस्था घुम्टो भित्रको हुन सकदैन । पारदर्शीताको बिकल्प छैन । भोका, नांगा जनता राजनीति गर्नेका लागि मात्र पात्र बन्नु हुँदैन । विकृति, विसंगति र भ्रष्टाचार अब टिक्नु हुँदैन । गाउँगाउँबाट कलम र आवाज उठन जरुरी छ । विकृत नेता, नेतृत्व र शासकीय कार्यशैली संधैको लागि अन्त्य हुनु जरुरी छ । वर्तमान संविधानले परिकल्पना गरेको जनताको अधिकारको सुनिश्चित हुनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);