राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त : रामहरि खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त : रामहरि खतिवडा

काठमाडौं । नवनिर्वाचित सांसद तथा कांग्रेस नेता रामहरि खतिवडाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिका लागि अघि सार्नु उपयुक्त हुने बताएका छन् ।

माउण्टेन टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘माउण्टेन संम्वाद’मा पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै सांसद खतिवडाले बरिष्ठ नेता पौडेलको पार्टीमा लामो योगदानका रहेको भन्दै राष्ट्रपति पदको लागि उनी योग्य व्यत्तित्व भएकाले राष्ट्रपतिका लागि सिफारिस गर्नु उपयुक्त हुने तर्क गरे ।

पार्टीले पौडेललाई राष्ट्रपतिका लागि सिफारिस गर्दा उनलाई पनि न्याय हुने र पार्टी यो एकमत हुने देखिने सांसद खतिवडाको भनाई छ । त्यसैगरी सरकारको नेतृत्वको सन्दर्भमा नेता खतिवडाले आलोपालोको सम्झौता भएपनि संसदको ठूलो पार्टी कांग्रेस भएकाले पहिलो सरकारको नेतृत्व कांग्रेस गर्नुपर्नेमा जोड दिए ।

सरकार नेतृत्वको आलोपालोको सन्दर्भमा कांग्रेसको पहिलो दाबि भए पनि नेतृत्वकै लागि भने सत्ता गठबन्धन नफुट्ने स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);