नुवाकोट १ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

नुवाकोट १ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

नुवाकोट। नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् ।  लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पराजित गरे । महतले १३ हजार सात सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गरेका छन् ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार