माओवादी द्धन्दका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादी द्धन्दका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु : प्रचण्ड

dwandakalin-prachanda

काठमाडौं, १५ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी द्धन्दका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभामा दाहालले द्धन्दका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताउनु भएको हो ।

दाहालले संक्रमण कालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन आफु प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले द्धन्दकालीन घटनामा हत्या बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई आममाफी दिनेगरी कानून नबनाईने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो । उहाँले द्धन्दको नेतृत्व आफुले नै गरेकाले पनि त्यसको जिम्मेवारी पनि आफैले लिने बताउनुभयो ।

दाहालले तात्कालीन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा त्यस्ता घटना दोहोरिन नदिने वातावरण वनाउन सकिन्छ भन्ने पक्षमा आफु रहेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);