सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार ६ सय २५ मतसहित प्रतिनिधिसभामा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे । सुर्खेत–२ मा ७६ हजार ३ सय ५२ मत खसेको थियो । थानीले योसँगै तेस्रोपटक संसदीय निर्वाचन जितेका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइसकेका छन् । २०७४ सालमा एमालेका नवराज रावतसँग पराजित भएका उनले यो पटक गठबन्धनको बलमा एमालेसँग बदला लिएका हुन् । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुँदा थानीयले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);