स्वास्थ्य बीमाको २२ लाख लिएर स्वास्थ्यकर्मी फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्य बीमाको २२ लाख लिएर स्वास्थ्यकर्मी फरार

काठमाडौं, २ चैत्र । स्वास्थ्य बिमाका लागि सर्वसाधारण तिरेको रकम लिएर एक स्वास्थ्यकर्मी फरार भएका छन्। नागरिकहरुले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा हालेर उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिअहेब (छैटौं तह) मोहम्मद फिरोज अली भागेका हुन् ।

बिमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहिन भएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । ती स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहिन छन् । उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकाले पनि सम्पर्कमा आएका छैनन् । सिअहेब अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेका थिए । चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उनको नाममा पत्र काटेको थियो। तर त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा सार्वजनिक सूचनामा उल्लेख छ।

अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई समेत पत्राचार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);