सेयरबाट सरकारलाई ७ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी नाफा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेयरबाट सरकारलाई ७ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी नाफा

nepal stock exchange

काठमाडाैं, ६ चैत । सेयर बजारका लगानीकर्ताले सरकारलाई ७ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी पुँजीगत लाभकर बुझाएका छन् । यो रकम चालु आर्थिक बर्षको बितेका ८ महिना अवधिको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले फागुन २७ गतेसम्मको विवरणका आधारमा तयार गरेको तथ्यांकमा लगानीकर्ताले ७ अर्ब ७ करोड ६४ लाख ८७ हजार १२७ रुपैयाँ पुँजीगत लाभकर तिरेको उल्लेख छ । सेयर बजारबाट असुल हुने कर वापत सरकारलाई गएको यो रकम शेयर कारोवार लाभकरमै हालसम्मको सबैभन्दा ठुलो रकम हो ।

गत आर्थिक वर्षमा पुँजीगत लाभ करवापत सरकारी खातामा जम्मा ९७ करोड २१ लाख ३२ हजार रुपैयाँ मात्र जम्मा भएको थियो । बजार पुँजिकरणका हिसाबले यसअघि आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्ताले धेरै लाभकर तिरेका थिए ।

उक्त आर्थिक वर्षमा सेयर बजारका लगानीकर्ताले पुँजीगत लाभकर वापत१ अर्ब ४४ करोड ८२ लाख ६३ हजार ८०६ रुपैयाँ सरकारलाई बुझाएका थिए । यो बर्ष नेप्से सूचक १ हजार ७ सय विन्दु हाराहारीमा थियो ।

सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम र संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत रकम पुँजिगत लाभकर वापत तिर्नु पर्ने कानुनी ब्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);