सडकका कारण गजुरमुखी धार्मीक क्षेत्रमा पुग्न पर्यटकलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सडकका कारण गजुरमुखी धार्मीक क्षेत्रमा पुग्न पर्यटकलाई सास्ती

टीका खतिवडा
इलाम, २६ जेठ । इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी क्षेत्र धार्मिक तथा पर्यटकिय हिसावले जिल्लाकै उत्कृष्ट गन्तब्य मानिन्छ । दैनिक सयौं तिर्थयात्री तथा पर्यटकहरु त्यहाँ पुग्ने गरेको भए पनि सडकको दुरावस्थाका कारण यात्रा भने असहज बन्ने गरेको छ ।

धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी जिल्लाको पश्चिमी क्षेत्रको सबैभन्दा आकर्षणको केन्द्र हो । सडक सञ्जालसँग जोडिए पनि अस्थायी कच्ची सडकका कारण गजुरमुखी धार्मीक क्षेत्रमा पुग्न पर्यटकलाई सास्ती हुने गरेको छ ।

करिब २ सय ५० वर्ष अगाडी उत्पती भएको मानीने गजुरमुखी मन्दीरमा दैनिक सयौं पर्यटक आउने गरेपनि सडक लगायत भौतिक संरचनाको दुरावस्थाका कारण समस्यामा पर्ने गरेको मन्दिरका पुजारी बताउँछन् ।

यो मन्दिरमा आएर पुजा गर्नाले निसन्तानहरुको सन्तान हुने र बोली आउन नसकेका शिशुहरुको बोली फुट्ने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण यो मन्दिरमा दैनिक सयौं भक्तजनहरु सन्तानको आश र आफ्ना शिशुको बोली फुट्ने आशमा आउने गरेका छन् ।

गजुरमुखी मन्दिरमा आएर आफुले चाहेको बरदान मोपछि त्यो पुरा भएपछि पुनः पुजाका लागि आउनुपर्ने प्रचलन रहेको छ । यसकारण यहाँ आउने भक्तजनहरुको दैनिक घुईंचो लाग्ने गरेको छ ।

शनिवार र मंगलबार यो मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । यस्तै देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठुलो मेला समेत लाग्ने गरेको छ ।

जगुरमुखी मन्दिरमा नेपालका आन्तरिक पर्यटकको अलवा भारतको सिक्कम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामबाट २६ किलोमिटर पक्की सडक र त्यसपछि करिब १५ किलोमिटर कच्ची सडक पार गरेपछि यो मन्दिरमा पुगिन्छ । प्रसिद्ध धार्मिक स्थल भएपनि प्रचार प्रसारको कमीले जगुरमुखी क्षेत्र ओझेलमा परेको छ ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले यो क्षेत्रको विकासका लागि आफुहरुले पहल गरिरहेको बताए ।

गजुरमुखी धार्मिक र पर्यटकिय हिसावले समेत जिल्लाकै अब्बल स्थान भएपनि ओझेलमा परिरहेको छ । अब स्थानीय सरकार र जिल्ला सम्वन्वय समितिले यो क्षेत्रको प्रवद्धनका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);