प्रसिद्ध धार्मीक स्थल घटाल बाबा मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

प्रसिद्ध धार्मीक स्थल घटाल बाबा मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध धार्मीक पर्यटकिय स्थल घटाल बाबा मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

हरेक वर्ष बैषाख २ गते लाग्ने विषेश मेलामा नेपाल लगाएत भारतको उत्तराखन्डबाट दर्शनार्थी आउने गरेका छन् । मेलालाई कोरोनाको प्रभाव भने परेको देखिन्छ । प्राकृतिक रुपमा रमणीय रहेको यस तिर्थ स्थलमा श्रद्धालुहरुमा मनोकाङ्छा पुरा गरिदिने तथा खडेरी परेका बेला पानी दिने देवताको रुपमा धार्मिक विश्वास रहेको छ ।

मेलामा धामीहरुले बालुवा खाएर शक्ति प्रर्दशन गर्ने गरेका छन् । धामीहरुले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गरेको किम्वन्दती प्रचलनमा रहेको छ । खडेरी परेमा पानी दिने, निसन्तानलाई सन्तान दिने गरेको जनविश्वास रहि आएको छ ।

घटालथान धार्मिक शक्ति पिठसँगै रमाइला दृष्य र ऐतिहासिक जीवित संरचनाका कारण दिन प्रतिदिन पर्यटकको रोजाईमा पर्दै गएको छ । ऐतिहाँसिक तथा धार्मिक तिर्थ स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गर्न सके स्थानिय स्तरमा आर्थिक स्रोतको मुल आधार पर्यटनलाई बनाउन सक्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);