आज यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आज यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना  रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

शुक्रबार प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);