प्रदेश नम्बर १ को नाम आजै तोक्ने तयारी, पुनः सुरु भयो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश नम्बर १ को नाम आजै तोक्ने तयारी, पुनः सुरु भयो बैठक

काठमाडौं । प्रदेश नम्बर एकको प्रदेश सभा बैठक पुनः सुरू भएको छ। ‘कोशी’ नाम प्रस्ताव संशोधनका लागि दुई घन्टा स्थगित भएको बैठक फेरि सुरू भएको हो ।

एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुखले दुई घण्टा प्रदेशसभा स्थगन गरेका थिए। प्रक्रिया पूरा भएपछि आजै नाम घोषणा गर्ने तयारी गरिएको छ ।

यसअघि प्रदेश सभा सचिवालयमा प्रदेशको नाम कोशी राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए। ती दुई प्रस्तावमध्ये एमालेले दर्ता गरेको प्रस्तावमाथि छलफल भएको थियो।

दर्ता भएका दुई प्रस्तावमध्ये सभामुख बाबुराम गौतमले छलफल गर्ने कि नगर्ने भनेर ध्वनि मतका आधारमा निर्णय गरेका थिए।

सुरूमा कोशी प्रस्तावलाई छलफलका लागि अघि बढाउन सभामुखले ध्वनि मतका आधारमा निर्णय गरेका थिए। उक्त प्रस्ताव छलफलका लागि स्वीकृत भएपछि नेकपा (एकीकृत समाजवादी) ले राखेको प्रस्ताव अस्वीकृत भएको थियो।

कोशीको पक्षमा एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्र पनि उभिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);