डडेल्धुरामा पानीका मुल सरसफाई गरियो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डडेल्धुरामा पानीका मुल सरसफाई गरियो

बिमल जैरु

डडेल्धुरा । डडेल्धुरामा सन्त निरंकारी मण्डल नेपालद्वारा डडेल्धुरा सदरमुकाममा रहेको रानी धारा सरसफाई गरिएको छ । स्वच्छ जल, स्वच्छ मन, स्वच्छ जल, स्वच्छ नल’ भन्ने मुल नाराका साथ पानीका मुल, धारा, कुवा सरसफाई गरिएको हो ।

सन्त निरंकारी मण्डल नेपाल डडेल्धुरा शाखाले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको ६९औं जन्मोत्सवको अवसर पारेर डडेल्धुरा सदरमुकाममा रहेको रानी धारा सरसफाई गरिएको छ ।

यस धाराको पानी चिसो र मिठो रहेकोले बिशेष गरी सुख्खा महिनामा पानीको हाहाकार भएको बेला सदरमुकाम बासीहरु लगाएत यहाँबाट ओहरदोहर गर्ने बटुवाहरुले समेत उक्त पानी पिउने गर्नछन् । तर धारा सरसफाईमा कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

उक्त सरसफाई अभियानमा सन्त निरंकारी सत्संग भवन डडेल्धुरका सेवादल भाई बहिनी र अन्य समाज सेवि हरु रहेका थिए । निरंकारी सत्गुरु माता जीको पवित्र उद्गारलाई कार्यान्वयन गर्ने सिलसिलामा निःस्वार्थ भावनाले ‘स्वच्छ जल, स्वच्छ मन, स्वच्छ नल’ भन्ने नाराका साथ सेवा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);