जोशीको प्रमाणपत्र विवादले सुनुवाइ समिति बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जोशीको प्रमाणपत्र विवादले सुनुवाइ समिति बैठक स्थगित

cj joshi

काठमाडौं, १२ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेपछि संसदीय सुनुवाइ विशेष समितिको बैठक दुई दिन पर सरेको छ। विवादित शैक्षिक प्रमाणपत्रबारे जोशीबाट स्पष्ट जवाफ नआएको भन्दै समितिले उनको विषयमा निर्णय गर्न ‘अप्ठ्यारो’ परेको भन्दै शुक्रबारलाई पूर्वनिर्धारित बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ।

शैक्षिक प्रमाणपत्रलगायत जोशीसमेतको इजलासले गरेका अधिकांश फैसला÷आदेश विवादमा परेको भन्दै समितिले बिहीबार जोशीसँग छलफल गरेको थियो। तर जोशीले समिति बैठकमा ‘चित्तबुझ्दो’ जवाफ नदिएको भन्दै अब के गर्ने भन्नेमा अन्योल देखिएकाले बैठक स्थगित गरिएको समितिका एक सदस्यले बताए। ‘प्रधानमन्त्रीलगायत सरकारले के भन्छ, त्यसअनुसार समिति अघि बढछ’, ती सदस्यले भने। शुक्रबार पूर्वनिर्धारित बैठक सत्तासीन नेकपाका सांसदको आग्रहमा स्थगित गरिएको थियो।

१५ सदस्यीय समितिलाई दुईतिहाइका आधारमा सिफारिसलाई अस्वीकृत गर्ने अधिकार छ। ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने सीमा तोकिए पनि जोशीको नाम ढिलो गरी मात्र आएकाले अझै समय बाँकी रहेको भन्दै समितिमा रहेका नेकपा सम्बद्ध सांसदले थप अनुसन्धान गर्नुपर्ने धारणा राख्दै आएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);