देशभरका विमानस्थलमा सरसफाईका लागि आवश्यक केमिकल अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभरका विमानस्थलमा सरसफाईका लागि आवश्यक केमिकल अभाव

Tribhuvan-International-Airport-aviationnepal

काठमाडौं, ७ चैत । देशभरीका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो ।

सरसफाई अभियन्ता खेम राज शर्माले सीसा र भुई सफा गर्ने छुट्टै केमिकल हरेक विमास्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताउनुभयो । सरसफाई मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सरसफाई मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको उहाँले बताउनुभयो ।

सरसफाई रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।

पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उहाँले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरीका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाईको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो । अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाई नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);