लुम्बिनीमा प्रदेश सभा बैठक एमालेले अवरोध नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लुम्बिनीमा प्रदेश सभा बैठक एमालेले अवरोध नगर्ने

काठमाडौं, २० असार । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहितसँग गएरातिको छलफलपछि एमालेले बैठक अवरोध नगर्ने सहमति भएको हो । प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने बताइएको छ ।

राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरु खारेज गरेको भन्दै एमालेले मंगलबार बजेटमाथिको छलफल बहिस्कार गरेको थियो । सोही क्रममा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट पुस्तिका नै च्यात्नुभएको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

लगत्तै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गर्नुभएको थियो । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाउनु भएको थियो । एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);