मन्त्रालयको संख्या बढ्यो : प्रधानमन्त्रीको कार्यालयसहित २१ मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि मन्त्रालयको संख्या बढाएका छन् । मन्त्रीहरुलाई व्यवस्थापन गर्न उनले मन्त्रालयको संख्या बढाएका हुन् ।

थपिएका मन्त्रालयहरुमा सिँचाइ, शिक्षा र युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । यसअघि शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद राखिएको थियो भने अब शिक्षा र युवा तथा खेलकुद छुट्टै मन्त्रालय हुनेछन् ।

यस्तै श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई छुट्टयाएर श्रम तथा रोजगार अलग्गै मन्त्रालय बनाइएको छ । योसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छन् ।

सरकारमा माओवादीबाट थप पाँच जनालाई मन्त्री बनाउन बाँकी रहेकाले मन्त्रालयको संख्या बढाइएको हो । माओवादीले पठाएका गिरिराजमणि पोखरेललाई शिक्षा मन्त्रालय र वर्षमान पुनलाई ऊर्जा मन्त्रालय जिम्मा लगाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

काे-काे बन्दैछन् नयाँ मन्त्री

शक्ति बस्नेत, जनार्दन शर्मा, बिना मगरलाई दिईने मन्त्रालयबारे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सिफारिस गर्ने बताइएको छ । यस्तै फोरमलाई शहरी विकास र स्वास्थ्य मन्त्रालय दिइएको छ ।

सुरुवाती अवस्थामा मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालय दिने टुंगो लागेको स्रोतको दाबी छ ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);